टेक्सासमा दुर्घटना, १२ जनाको मृत्यु

0
489

वासिंटन, १७ चैत । अमेरिकाको टेक्सासमा मिनी बस र पिक अप ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना वरिष्ठ सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो । दुर्घटना हुनुको कारण खुल्न नसकेको अधिकारीहरुले जनाएका छन् ।