प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

0
407

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहिबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना दिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको भन्दै राजदूत पुरीको कार्यकालमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भूमिका रहने प्रतिक्रिया दिए ।