न्यानो झोला उपहार कार्यक्रम फेरि सुरु

0
608

काठमाडौं, १७ चैत्र । स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ । चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको हो ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्यानो झोला वितरण गर्दै आएको थियो ।

स्वास्थ्य मन्त्रालयले अन्य कार्यक्रमको रकम कटौती गरी यही महिनादेखि नै यो कार्यक्रम गर्न दुई करोड ५१ लाख विनियोजन गरेपछि कार्यक्रम सुरु हुन लागेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यले सरकारले तीन वर्षअघि न्यानो झोला कार्यक्रम सुरु गरेको थियो ।