तरुण दलद्वारा जाजरकोट बन्द : जनजीवन प्रभावित

0
451

जाजरकोट, चैत १८ – नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रविन्द्र शाहको हत्याराको यथाशिघ्र खोजी गर्ने भन्दै शुक्रबार तरुण दलले जाजरकोट बन्द गरेको छ ।

मंगलबार हत्या गरिएका शाहको हत्यारा अहिलेसम्म पत्ता नलगाएको भन्दै तरुण दलले शुक्रबार बिहान ६ बजेदखि दिउँसो ३ बजेसम्म बन्द गरेको तरुण दल जिल्ला कार्य समिति जाजरकोटका सचिव रमेश प्रशाद शर्माले जानकारी दिनुभयो ।

बन्दका कारण बिहानैदेखि जाजरकोटबाट चल्ने लामो र छोटो दूरीका यातायातका साधनहरु चल्न सकेका छैनन् । त्यस्तै बन्दका कारण शुक्रबार नेकपा माओवादी केन्द्रको खलंगामा हुन लागेको आामसभा प्रभावित हुने भएको छ ।