मोर्चा मनाउने कसरतमा प्रधानमन्त्री

0
488

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा छलफल थाल्दै हुनुहुन्छ । चीन भ्रमणका कारण लामो समय राजनीतिक छलफल हुन नसकेका बेला प्रधानमन्त्री दाहालले शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्न लाग्नुभएको हो ।

दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल सिमांकन पछि टुंग्याउनेगरी बाँकी विषयमा सहमति खोजेर मोर्चालाई पनि चुनावमा सहभागी गराउने विषयमा केन्द्रित हुने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

तत्काल सिमांकनको विषय पारित गर्न संसदमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले सरकारी कामकाजको भाषालगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा मधसशी मोर्चा पनि केही लचिलो देखिएको छ ।