धुनिवेसी नगरपालिकाको मेयरमा सुरज उप्रेतीको उमेद्धारी ! को हुन सुरज उप्रेती ?

0
1429

चैत्र १८ धादिङ । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको माहोल देशै भर बढ्न थालेको छ । बिभिन्न राजनीतिक दलले ७४४ पदका लागि योग्यता पुगेका उमेद्धार छनोटको तयारी गरिरहेका बेला उमेद्धार बन्न इच्छुकहरुले उमेद्धारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ ।

धादिङ जिल्लाको धुनिबेसी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट सुरज उप्रेतीलाई उमेद्धार बनाउने नेपाली कग्रेसले तयारी गरेको छ । नेपाली कांग्रेसका शिर्ष नेतृत्वसंग सन्तुलित सम्बन्ध बनाएका उप्रे्रेती स्थानिय स्तरमा पनि लोकप्रिय नेताको रुपमा स्थापित छन् । नौबिसेको उप्रेती परिवारमा जन्मीएका सुरजको पारिवारीक पृष्ठभूमि बलियो भएका कारण पनि कांग्रेसले उनलाई उम्मेवार नबनाउनुको अर्को बिकल्प छैन ।

जसले उनलाई उप्रेती परिवारको तेस्रो पुस्ताको नेतृत्व गर्दै मेयर बन्ने सुनिश्चित बनाएको छ । नेपाली काग्रेसको राजनितीमा लोमो समय त्याग गरेका प्रजातान्त्रीक आन्दोलनका योद्धा भरत उप्रेतीका भजिता सुरज बाल्यकालीन अवस्था देखि नै नेपाली कांग्रेसको बिभिन्न भातृसंगठनहरुमा आवद्ध हुंदै आएका छन् । पञ्चायत बिरुद्धको आन्दोलनमा पटक पटक जेल जिवन बिताएका उप्रेतीको स्थानिय जनमानसमा बलियो छवि भएको स्थानियहरुले नै भन्ने गरेका छन् । २०५८ सालमै नेपाली कांग्रेस धादिङका क्षेत्रीय उप सभापति भएका उप्रेतीआम नागरीकको शिक्षाको स्तर उन्नति गर्ने अभियानमा लाग्दै आएका छन् । 

७० सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा उप्रेती आर्थिक समितीको संयोजक थिए । ७२ साल बैशाखमा भएको बिनासकारी भूकम्पका समयमा नौबीसे,क्षत्रेदेउराली र जिवनपुर गाउंबिकास समिती लगायत धादिङको क्षेत्र नं.३का भुकम्प पिडीतलाई राहत बितरण गर्ने कार्यमा सक्रिय भूमिका निर्बाह गरेका थिए । हाल उनि मछिन्द्र उच्च मा वि संचालक समितीको सदस्य रहेका छन् भने शान्तीदिप एकेडेमीका अध्यक्ष समेत रहेका छन् । कालीदेबी नि मा बि गौचरण निर्माण कालमा सचिवको जिम्मेवारीमा रहेका सुरज पछिल्लो समय राष्ट्रिय ट्रक यातायात ब्यबसायी संघको महासचिवको जिम्मेवारी पनि सम्हाली रहेका छन् ।

उनले समाजमा खेलेको भूमिका र जिनव शैली अत्यन्तै सामान्य भएका कराण  नौबीसे,क्षत्रेदेउराली र जिवनपुर गा बि स मिलेर बनेको धुनिबेसी नगर पालिकाको मेयरमा स्थानियको आवश्यकता पुरा गर्न आफ्नो उमेद्धारी बाध्यात्मक बनेको उप्रेतीले सञ्चारखवरलाई बताएका छन् । उनि आफ्नो इच्छा पुरा गर्न उमेद्धार बन्न नलागेको भन्दै आफु स्थानियको निर्बीकल्प उमेद्धार भएको बताउंछन् । अबको केहि दिनमै पाटीले आफुलाई उमेद्धारको घोषणा गर्ने उप्रेतीले बताए । धुनिबेसी नगरपालिकामा ९ वडा रहेका छन् भने कुल जनसंख्या तीस हजार उन्नाइस रहेको छ ।