एजेन्सी, १८ चैत्र । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्यून हे लाई पक्राउ गरिएको छ । भ्रष्टाचार अभियोगमा पार्कलाई पक्राउ गरिएको हो । भ्रष्टाचार मुद्दामै दोषी ठहर भई हालैमात्र पार्क पदबाट बर्खास्त हुनु भएको थियो ।
भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाली संसदबाट महाभियोग लगाइएकी पार्कलाई अदालतले पनि दोषी ठहर गरेपछि पदबाट बर्खास्त हुनु भएको थियो । पक्राउ गरिएकी ६५ वर्षीय पार्कलाई सउलस्थित थुनामा राखिएको छ । राजनीतिको आडमा पार्कले नजिकको साथी चोइ सुनसँग मिलेर भ्रष्टाचार गरेको ठहर गरेको छ ।
अपराध गरेको अभियोगमा पक्राउ पर्ने पार्क दक्षिण कोरियाको तेस्रो राष्ट्रपति रहेको समाचार एजेन्सी योनहापको रिपार्टमा उल्लेख छ ।