आफ्नै एकल साँझमा नयाँ भिडियो सार्वजनिक गर्दै ढकाल

0
787

काठमाडौं, १८ चैत्र । आज (शुक्रबार) साँझ लोकप्रिय गायक रामकृष्ण ढकालको एकल प्रस्तुतीमा ‘रामकृष्ण ढकाल सुमधुर साँझ’ हुँदै छ । कमलादी स्थित प्रज्ञा भवनमा हुन लागेको उक्त साँझमा गायक ढकालको पछिल्लो समय निककै नै चर्चामा रहेको गीत ‘म हुरीमा दियो बलेको देख्छु’ को म्यूजिक भिडियो समेत सार्वजनिक हुँदै छ । गीतमा रमेश बिजीको शब्द र राजेश थापाको संगीत रहेको छ ।

आज दिउँसो तीन बजेदेखि राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा द भ्वाईस ब्याण्डका दश जना कलाकारका साथै देविका बन्दना, जुना प्रसाईं र प्रविशा अधिकारीले युगल गायनमा गायक ढकाललाई साथ दिने छन् ।

यसअघि विभिन्न स्थानमा लाइभ शो गरेका ढकालले रामकृष्ण ढकालको नाममा चौथो कार्यक्रम हुन लागेको बताए । गीत संगीत र यससँग सम्बन्धित स्रष्टा कलाकारहरुको सेवा र सहयोग गर्ने हेतुले स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले कलाकर्मीको हक र हितका कुरा संगै समाजसेवा पनि गर्दै आएको ढकालले बताए ।