मतदाता नामावली आजबाट छापिदै

0
452

काठमाडौं, २० चैत्र । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आजबाट मतदाता नामावली छाप्न शुरु गर्ने  भएको छ । निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा हिजो सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराए ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ४० लाख मतदाताको नाम संलन भएको आयोगले जनाएको छ । मतदाता नामावलीको सूची आगामी वैशाख १० गतेभित्र सबै जिल्लामा पुरायाइसक्ने गरी आयोगले काम गर्ने जनाइएको छ ।

त्यस्तै, अबको एक दुईदिनभित्रै स्थानीय निकायको निर्वाचनमा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ जना निर्वाचन अधिकृत नियुक्त हुने जनाइएको छ । प्रमुख आयुक्त डा यादवले भने, ‘आयोग निर्वाचनको पूर्ण तयारीमा जुटेको छ । जनशक्ति सुरक्षाको व्यवस्थापन गर्ने, आवश्यक सामग्री जुटाउने र तालिम प्रशिक्षण दिने काम आयोगले गर्दैछ ।’

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग पु¥याउन सबै पक्षसँग आग्रह गर्दै उहाँले निर्वाचनको सन्दर्भमा अहिले ज्यादै उत्साहजनक वातावरण बनेको बताउनुभयो । बताए ।