अपार्टमेन्टमा बस्न खोज्दै हुनुहुन्छ ? यस्ता छन् राजधानीका बस्न योग्य १९ अपार्टमेन्ट

0
900

काठमाडौं, २० चैत्र ।  काठमाडौं उपत्यकामा बनेका तथा निर्माणाधीनमध्ये १९ वटा अपार्टमेन्टले मात्र बस्न योग्य रहेको अनुमति पाएका छन्। यो प्रयोगमा आएका कुल अपार्टमेन्टमध्ये ३७.२५ प्रतिशत हो। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय काठमाडौंले विभिन्न परीक्षण तथा मापदण्ड पूरा गरेका ती अपार्टमेन्टलाई बस्न योग्य अनुमति दिएको हो । उपत्यकामा कुल ५१ वटा अपार्टमेन्ट निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा छन् ।

बस्नका लागि स्वीकृति पारएका सबै अपार्टमेन्टले आवश्यकता अनुसार मर्मत, पुनर्स्थापना र रेट्रोफिटिङ गरी देखिएका कमजोरी सुधार्दै भूकम्प प्रतिरोधी मापदण्ड पूरा गराएका छौं’ डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इन्जिनियर गणेश कर्माचार्यले भने ’प्रयोगमा आइसकेकामध्ये ३२ वटा अपार्टमेन्ट मर्मत, पुनर्स्थापना, रेट्रोफिटिङ लगायत प्रबलीकरण प्रक्रियामा रहेका छन्।’ बस्न स्वीकृति पाएका अपार्टमेन्टहरु यी हुन ्।
१. सेन्ट्रल पार्क अपार्टमेन्ट, विशालनगर
२. दी रेसिडेन्सी, झम्सीखेल
३. सिल्भर सिटी अपार्टमेन्ट (पहिलो), कालीकास्थान
४. सिल्भर सिटी अपार्टमेन्ट (दोश्रो), कालीकास्थान
५. सन सिटी अपार्टमेन्ट (पहिलो), गोठाटार
६. सन सिटी अपार्टमेन्ट (दोश्रो), गोठाटार
७. सनराइज सिटी होम्स, विजुलीबजार
८. धुम्बाराही अपार्टमेन्ट (ओरियन्टल), धुम्बाराही
९. दी कम्फर्ट हाउजिङ (टीसीएच), लाजिम्पाट
१०. भाटभटेनी अपार्टमेन्ट, भाटभटेनी
११. इन्द्रेणी अपार्टमेन्ट (पहिलो), भाटभटेनी
१२. इन्द्रेणी अपार्टमेन्ट (दोश्रो), भाटभटेनी
१३. सनराइज अपार्टमेन्ट, बालकुमारी
१४. सेन्ट्रल पार्क (पहिलो), विशालनगर
१५. सेन्ट्रल पार्क (दोश्रो ), विशालनगर
१६. इम्पेरियल कोर्ट, सानेपा
१७. केएल रेसिडेन्सी, सानो गौचरन
१८. सिटी भ्यू अपार्टमेन्ट, सानेपा
१९. सनसाइन, सुकेधारा