डोटीमा हावा हुरीसँगै असिना पानी, हिउँदे बाली नष्ट

0
1072

डोटी, २० चैत्र । हिजो बेलुकी डोटीमा हावाहुरीसँगै पानी र असिना परेको छ । एक्कासी परेको असिना पानीले जिल्लाको पश्चिम चौकी र सायल क्षेत्र नराम्ररी प्रभावित भयको छ । डोटीको आदर्श गाउँपालिकास्थित लामिखाल, कालिकास्थान, दहकालिकास्थान, बाँझककानी, खातिवडालगायतका साविकका गाविसहरुमा भारी असिना परेको हो ।

यस्तै, सायल गाँऊपालिका अन्तगतका डौड, तोलेनी लगायतका स्थानहरुमा पनि असिना परेको स्थानिय कर्ण बोगटीले जानकारी दिनुभयो भयो । साँझ करिब ५ बजेतिर परेको असिनाले पाक्नै लागेको गहुँ, तोरी लगायतका हिउदे बाली तथा फलफूल नस्ट पारेको छ ।

लामिखालमा ५५ ग्राम तौलकोे असिना परेको स्थानिय भरत धामिले जानकारी दिनुभयो । असिनाले अन्नबाली संगै फलफुल तथा तरकारी खेतीमा समेत प्रभाव पारेको स्थानिय किसानहरुले बतायका छन । गतहप्ता मात्रै परेको असिनाले डोटी, डडेल्धुरा तथा बैतडी जिल्लाका अधिकांश क्षेत्रमा असिनाले अन्नबाली नष्ट गरेको थियो ।

भित्र्याउन ठिक्क पारेको गहुँ नै असिनाले चुटेर सखाप पारे दिएपछि त्यस क्षेत्रका किसानहरु चिन्तित भएका छन ।