प्रमोद खरेलको ‘लाईदेउ न मायाले’ सार्वजनिक (गीतको भिडियो सहित)

0
769

बैकुण्ठराज पराजुली काठमाडौं चैत्र २० । स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हुदै हजारौं दर्शकको मन जितेर स्टेज किङकै रुपमा चिनिन थालेका लोकप्रिय गायक प्रमोद खरेल एउटा नयाँ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देश्ँनमा ‘लाईदेउ न मायाले’ बोलको गीत गाएका छन् । डिपी खनाल यो गीतका रचनाकार हुन् । साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै खर्चिलो म्युजिक भिडियोलाई गायक खरेलले आज शुक्रवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । दिक्षा क्रिएसनले निर्मँण गरेको यो भिडियोको सम्पादक निशान घिमिरे हुन् ।

यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी नम्बर वान नायिका प्रियंका कार्कीको साथ पाएका छन् । यसअघि झुम्कावाली…गीतमा पनि गायक खरेललाई प्रियंकाले साथ दिएकी थिइन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अभिनय गरेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै अभिनेत्री कार्कीले आफु गायक प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा सधैं उत्साहित हुने धारणा व्यक्त गरिन् ।

अघिल्लो साता दरबारमार्ग स्थित नेपालकै सबैभन्दा ठूलो क्लब ‘डेजा भू’ मा छायांकन गरिएको भिडियोमा गायक खरेल स्वयं अभिनेताको रुपमा प्रस्तुत भएका छन् । अर्जुन  तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् । थुप्रै म्युजिक भिडियो तथा एउटा चलचित्र निर्देशन गरिसकेका सञ्चारकर्मी सुव्रत आचार्यले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् । गायक खरेल करिव नौ महिनापछि नयाँ भिडियोमार्फत दर्शकमाझ झुल्किएका हुन् । भिडियोमा डिआईडी फेम सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् । भिडियो हेर्न यो लिंकमा जानुहोस्