कोलम्बियामा बाढी पहिरोः २०६ जनाको मृत्यु, २२२ बेपत्ता

0
714

एजेन्सी, २० चैत्र । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा बाढी र पहिरोका कारण २ सय ६ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परि २ सय २० भन्दा बढी बेपत्ता हुनुका साथै, २ सय भन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ । रातभरिको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गर्नुभएको छ । उद्धार र राहतका लागि ११ सय भन्दा बढी सुरक्षाकर्मी परिचानलन गरिएको छ ।