२०८३ असार ३१ गते बुधबार
२०८३ असार ३१ गते बुधबार

इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेजबीच विशेष छुट सम्झौता

काठमाडौँ । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा समाजका सदस्यहरूले ओपिडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ ।

समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा, इटहरा सरोकार समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र अन्य सदस्यहरूका साथै नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालको पनि उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार साधारण ओपिडी, भर्ना उपचारका साथै विशेष सेवाहरू (IVF, Liver Transplant लगायत) मा छुट उपलब्ध हुनेछ । यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ । आपत्कालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको जनाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।