एजेन्सी, २० चैत्र । १५ बर्षको उमेर हेरेको एक फिल्मको प्रभाव बोकेकी रोमानियामा बस्ने एक किशोरीले आफ्नो कुमारित्व लिलामीमा राखिन । उनको यो खबर संसार फैलन समय लागेन । संसारभर ति किशोरीले उदेघोष गरेको उक्त खबरले हंगामा मच्चायो । तर, जब उनले आफ्नो कुमारित्व बिक्रीमा राख्नुको बाध्यता सुनाईन्, दुनियाँ फेरि एक पटक स्तब्ध भएको छ । ‘परिवारको घर बिक्री हुनबाट जोगाउनका लागि’ आफुले कुमारित्व लिलामीमा राख्नुपरेको उनको भनाई थियो ।
रोमानियोमा बस्ने किशोरी अलेक्जेन्ड्र कैकरिनले आफ्नो कुमारित्व लिलामीमा राखेपछि हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले २० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । किशोरी १८ बर्षकी थिइन् । र, उनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कार्ट एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य, ८ लाख पाउन्ड राखेकी थिइन् । उनले भनेकी थिइन, ‘म कुमारित्व गुमाएर आफ्नो परिवारको लागि घर खरिद गर्न चाहन्छु ।’
तर, उनका बाबु आमाले हाम्रो घरको कुनै फाइनान्सियल लोन नभएको बताएका छन् । छोरीको यस्तो खालको हर्कतबाट दुखी भएका बाबु आमाले छोरीको कुमारित्व लिलामी हुनबाट जोगाउन छोरीलाई रोक्न खोजेका थिए । तर, ति किशोरीले आफू १८ वर्ष पुगेकाले आफ्नजो शरीरमा आफ्नै हक भएको बताएकी छिन् ।
कैफरिनको अनुसार उनले १५ बर्षमा एक फिल्म हेरेकी थिइन्, टिभीमा । त्यसमा एक किशोरी आफ्नो आवश्यक्ता पुरा गर्न एक रातको लागि आफु स्वंमलाई बिक्री गर्छिन् । यहि फिल्म हेरेपछि उनलाई भर्जि्निटी बिक्री गर्ने आइडिया आएको थियो ।