राधेको नयाँ ट्रेलर रिलिज (भिडियो सहित)

0
662

काठमाडौं, २० चैत्र । चलचित्र ‘राधे’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । पछिल्लो पटक सार्वजनिक भएको ट्रेलरमा अघिल्लोभन्दा फरक शैली प्रस्तुत गरिएको छ । भावनात्मक संवाद सुन्दर दृष्यमा प्रस्तुत गरिएको ट्रेलरमा मुख्य पात्र निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, सुशिल पोखरेल, हिउँवाला गौतम, शिशिर भण्डारी लगायतलाई देखाइएको छ ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको ‘राधे’ द्वन्द्वकालमा वेपत्ता भएका व्यक्तिको कथामा आधारित छ । सुशिल पोखरेलले निर्माण गरेको यो चलचित्र वैशाख १ गतेबाट प्रदर्शन हुने भएको छ ।

हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन यो चलचित्रमा छ । चलचित्रमा शिर्ष पात्रको रुपमा देखिएका निखिललाई वेपत्ता नागरिकको भूमिकामा देखाइएको छ ।