जंगली हात्तिबाट ज्यान गुमाएका परिवारले अब १० लाख पाउने !

0
758

बर्दिया, २१ चैत । जंगली हाक्तिको आक्रमणबाट बर्षेनी आधा दर्जन मानिसको ज्यान जाने गरेको छ । त्यसरी ज्यान गुमाएका परिवारका आफ्न्तहरुले निकञ्जसंग माग गर्दै आएको क्षतीपुर्ति रकम यस बर्षबाट बृद्धि भएको छ । बिगतमा ५ लाख दिने ब्यबस्था भए पनि यस बर्ष देखि दश लाख दिने बिषयमा स्थानिय र निकुञ्ज बिच सहमती भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।

आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप रु १० लाख रुपैया हस्तान्तरण गर्नुभएको हो ।
जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर शव उठाउन नदिएपछि निकुञ्जसँग वार्ता गर्दा विश्रामवादी पीडित भएको भन्दै स्थानीयवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप रु पाँच लाख राहत रकम प्रदान गरिएको हो ।

वन्यजन्तु संरक्षणमा लाग्दालाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप प्रदान गरिने रु पाँच लाख रकमबाट बढाएर रु १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले जानकारीस् दिनु भएको छ ।

निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्ती भगाउन गएका बेला हात्तीले कुल्चिँदा गत फागुन २४ गते ठाकुरबाबा–२ कर्मलाका २० वर्षीय विजय बादी नेपालीको ज्यान गएको थियो ।