मधेशी मोर्चासंग छिट्टै सहमती : उपप्रधानमन्त्री थापा ।

0
576

पर्वत, २१ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले घोषित मितीमै  एकै चरणमा चुनाव सम्पन्न हुने बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक निर्वाचनमय भैसकेको भन्दै अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनु भयो ।  उहाँले सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव सम्पन्न हुने गरी सरकारले काम गरिरहेको दावी गर्नुृ भएको छ ।

मधेसी मोर्चासँग सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पुरानो एजेन्डा भएको र स्थानीय तहको निर्वाचन गर्नकै लागि आफ्नो पार्टि सरकारमा आएको  जानकारी दिनु भएको थियो ।