यस्ता छन् स्थानीय निर्वाचनमा मत बदर हुन नदिने ५ तरिका

0
1581

कठमाडौं, २२ चैत्र । सिंहदरबारलाई गाउँगाउँमा पु¥याउने भन्दै सरकारले वैशाख ३१ स्थानीय तहको निर्वाचन गर्न लागेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ९० प्रतिशत काम सकिएको बताएको छ । ७४४ स्थानीय तहबाट ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि चुन्न वैशाख ३१ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आयोगले मतदानको समय निर्धारण गरेको छ ।

आफ्ना प्रतिनिधि चयन गर्न मतदाताले कसरी मत खसाल्ने भन्ने विषयमा निर्वाचन आयोगले चैत अन्तिम साताबाट मतदाता शिक्षा कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्दैछ। भोट हाल्न सिकाउन मात्रै निर्वाचन आयोगले ७५ करोड रुपैयाँ खर्च गर्दैछ । मतदाताको सानो गल्तीले पनि मत खेर जान्छ जुन कसैले हार्न वा जित्न काफी हुन्छ। मतदान केन्द्रमा पुग्नु अघि मतदाताले आफ्नो मतदाता नामावलीको क्रम संख्या पत्ता लगाउनुपर्छ । त्यो क्रम संख्याका यकिन भएपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन पाइन्छ ।

मतदाता क्रम संख्या पत्ता लगाएर मतदान केन्द्रमा छिरेपछि मतपत्र प्राप्त हुन्छ । मतदाताले प्राप्त गर्ने मतपत्रमा मतदान अधिकृतले मतदाताकै सामुन्ने हस्ताक्षर गर्नुपर्छ। हस्ताक्षर नभएको मतपत्र मान्य हुँदैन। मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्र प्राप्त भएपछि आफ्नो मत बदर हुन नदिन मतदाताले निम्न ६ कुरामा ध्यान दिनुपर्छ ।

१. भोट हाल्दा मत चिन्ह भन्दा बाहिरको घेरा छुने गरी हाल्नुहुँदैन ।
२. दुईवटा निर्वाचन चिन्हमा पर्ने गरी स्वस्तिक छाप लगाउनुहुँदैन ।
३. स्वस्तिक छापको सट्टामा औँठाछाप प्रयोग गर्नुहुँदैन ।
४. मतदान गर्दा कम मसी प्रयोग गरी स्वस्तिक छाप नबुझिएमा पनि मत बदर हुनसक्छ ।
५. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुन्छ ।