आज चैते दशैं

0
1180

कठमाडौं, २२ चैत्र । आज चैते दशैं । चैत्रशुक्ल अष्टमी चैते दशैंको दिन आज शक्तिस्वरूपा भगवतीको पूजा आराधना गरिँदैछ। आज बिहान सबेरै उठी स्नान गर्ने, देवीपुराण, दुर्गा सप्तशती चण्डी लगायत देवीमाहत्म्य पाठ गर्ने परम्परा छ। त्यस्तै शक्ति पीठहरूमा देवीको पूजा आराधना गर्ने चलन छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभाभगवती, नक्साल भगवती, मैतीदेवी, संकटा लगायतका मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । त्यस्तै काभ्रेको पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, बाँकेको वागीश्वरी, गोरखाको मनकामना लगायतका शक्तिपीठ पनि भक्तजनको भीड लागेको छ ।