कांग्रेसले सात प्रदेशमा ठूला आमसभा गर्दै

0
601

काठमाडौं, २२ चैत । स्थानीय निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले सात प्रदेशमा चुनावी सभा गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको बैठकले आमसभा गर्ने स्थान र मिति टुंगो लगाएको हो ।

सभाको सुरुवात ७ नम्बर प्रदेशको कैलालीबाट चैत २७ मा हुनेछ । त्यस्तै, ५ नम्बर प्रदेशको सभा तुलसीपुर र रुपन्देहीमा चैत २८ र २९ गते हुँदैछ । प्रदेश नम्बर ४ को सभा पोखरामा २० गते हुनेछ भने प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा हुनेछ । १ नम्बर प्रदेशको सभा झापामा वैशाख २ गते हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा, स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ ।

कांग्रेसले निर्वाचनका लागि विभिन्न क्षेत्रमा आबद्ध पेसागत संघसंगठन, बुद्धिजीवी, लेखक, कूटनीतित्रलगायतसँग पनि छलफल गर्दैछ । सबै छलफल पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले बोलाएका छन् ।