एजेन्सी, २३ चैत्र । उत्तर कोरियाले समुद्रबाटै समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको ठोकुवा गरेका गरेका हुन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो ब्यालेस्टिक मिसाइल ६० किलोमिटरको दूरीमा परीक्षण गरिएको हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणका लागि गएकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको बताइएको छ । दुवैबीच परमाणु परीक्षणबारे ठोस निष्कर्ष निस्कने अनुमान समेत गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै सीलाई चीनले समस्या समाधान गर्न नसके अमेरिका एक्लै उत्तरको समस्या समाधान गर्ने बताउनु भएको थियो ।
राष्ट्रसंघले जुनसुकै किसिमका आणविक परिक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले कुनै वास्ता नगरेको भन्दै आलोचना भइरहेको छ ।