तेह्रथुम, २३ चैत्र । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारस्थित इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कार्यालय प्रमुख नहुदाँ ठप्प भएको छ । कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि नै इलाका प्रशासन कार्यालय प्रमुख बिहीन भएको हो ।
जसका कारण कार्यालयबाट प्रवाह हुने प्रशासनिक काम दुई हप्ता देखि ठप्प भएको छ । प्रशासन कार्यालय नहुँदा दुई गाउँपालिकाका सर्वसाधारण मारमा परेका छन् । कार्यालयमा प्रमुख नहुँदा दुई वटा गाउँपालिकाका सर्वसाधारण प्रशासनिक कामका लागि सदरमुकाम धाउन बाध्य भएका छन् ।
आठाराई गाउँपालिका अर्थात् साविकका संक्रान्तिबजार, खाम्लालुङ, ह्वाकु, ईवा, छातेढुङगा, चुहानडाँडा र थोक्लुङ गाविस र फेदाप गाउँपालिकाका साविक सम्दु र ईसिबु गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनिक सेवा दिन संक्रान्तिबजारमा प्रशासन कार्यालयको स्थापना भएको थियो ।