काठमाडौं, २४ चैत्र । बहुचर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा सनराइजर्स हैदरावाद ३५ रनले विजयी भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा गएराती भएको पहिलो म्याचमा हैदरावाद ३५ रनले विजयी भएको हो । हैदरावादले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । २ सय ८ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंगलोर १९.४ ओभरमा सवै विकेट गुमाउँदै १ सय ७२ रन मात्रै जोड्न सक्यो ।
सनराइजर्स हैदरावादका युवराज सिंहले मात्र २७ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६३ रन जोड्नु भयो मुइसेस हेनरीक्वीजले २ छक्का र ३ चौकाको मद्दतमा ५२ रन जोड्नुभयो । यस्तै, हैदरावादकै शिखर धवनले ४०, दीपक होडा र बेन कटिङले नटआउट १६÷१६ रन जोड्दा डेभिड बार्नरले १४ रनको योगदान गर्नुभयो ।
रोयल च्यालेन्जर्स ब्याङलोरबाट खेल्नु भएका अष्ट्रेलियन चर्चित क्रिस गेलले २१ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३२ रन बनाउनु भएको थियो । ब्याङलोरका केदार जधवले ३१, ट्रभिस हेडले ३०, मनदीप सिंहले २४ तथा सन वाट्सनले २२ रनको योगदान गर्नु भएको थियो ।
लिग अन्तर्गत आज राइजिङ पुने र मुम्बइ इण्डियन्सबीच खेल हुँदैछ । महाराष्ट्र क्रिकेट एशोसिएसन रंगशाला पुनेमा स्थानीय समयअनुसार बेलुका ८ बजेदेखि खेल हुनेछ ।