एजेन्सी, २४ चैत्र । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले म्यानमारमा मुसलमान अल्पसंख्या समुदायको समाप्त पार्ने कोशिश भइरहेको बताउनु भएको छ । रोहिंग्या समुदाय रहेको रखाइन प्रान्तमा समस्या रहेको उल्लेख गर्दै सुकीले जातीय संहार गर्ने कुरा ठीक नभएको बताउनुभयो ।
बीबीसीसँगको कुराकानीमा उहाँले आफ्नो देश रोहिंग्या मुसलमानको स्वागत गर्न चाहेको समेत स्पष्ट गर्नु भएको छ । चीनमा रोहिंग्या मुसलमान सम्बन्धि विभिन्न कानून बनाइरहँदा म्यानमानरकी नेतृ सुकीको यस्तो भनाइ आएको हो । नागरिककाबीच धेरै नै वैमनस्यता रहेको र मुसलमानले मुसलमानलाई नै मार्ने गरिरहेको उल्लेख गर्दै सुकीले मात्र एक समुदायलाई समाप्त गर्ने कुरा मात्रै नभएको बताउनु भयो ।
रखाइन प्रान्तमा म्यानमार सरकारले चलाएको अभियानपछि सुकीमाथि अन्तर्राट्रिय दबाब परिरहेको छ । रोहिंग्या समुदायलाई निशाना बताउँदै उनीहरुलाई दुःख दि ने तथा बलात्कार समेत गर्ने गरेको सेनामाथि आरोप लागेको छ ।
सोही कारण झण्डै ७० हजार नागरिक बंगलादेश भागिरहेका छन् । संयुक्त राष्ट्रसंघले यो मानवअधिकार हनन्बारेमा छानबिन गर्ने बताएको छ ।