काठमाडौं, २४ चैत । व्यवस्थापिका संसद् सचिवालयमा रहेका २२ वटा सवारीसाधनलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसाधन नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयो गरिएको हो ।
संसद्को सवारीसधानलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागिसमेत प्रयोग गर्दै आएको पाइएको छ । यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन । सभामुख ओनसरी घर्तीमगरले यसबारे खासै महत्त्व दिएको पाइएको छैन । संसद् सचिवालयभित्रै यसबारे व्यापक विरोध भएको खबर छ ।