काठमाडौं, २४ चैत्र । काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएकी जयकला घर्ती मगरले आज आत्महत्या गरेकी छिन् । बाग्लुङ मिसीकी ६० वर्षिया जयकला आज बिहान ५ बजे पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वीर अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा घर्ती केही समय यता ढाडको उपचारमा हुनुहुन्थ्यो । घर्तीले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । आर्थिक अवस्था कमजोर भएको कारणले आत्महत्या गरेको हुन सक्ने आशंका छ ।
उता, कालिकोटको खाँडाचक्र नगरपालिका–३ साबिकको मान्म–९ का ३३ वर्षका तिलप्रसाद पाण्डेको भिरबाट लडेर मृत्यु भएको छ । रक्सी खाएका पाण्डे पिसाब गर्न निश्किएका बेला बुधबार राति भिरबाट लडेको प्रहरीले जनाएको छ । पाण्डेका चार छोरी, एक छोरा र श्रीमती छन् ।