२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

दुर्गा प्रसाईको आन्दोलनलाई नवराज सुबेदीको समर्थन, १५ गतेको प्रदर्शन सफल बनाउन अपिल

काठमाडौं । नवराज सुवेदी तथा दुर्गा प्रसाई समूहको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ ।

सुबेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान समेत गरेको छ ।

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् । उनले राजसंस्था पुनस्र्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहेन समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुबेदी समूहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ । सुबेदी नेतृत्वको समितिमा आफू बस्न अस्विकार गरे पनि कमल थापाले भने सो समितिमा पार्टीको प्रतिनिधित्व गराएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।