आईपीएलमा राइजिङ पुनेको रोमाञ्चक जित

0
297

काठमाडौं, २५ चैत्र । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले मुम्बई इन्डियन्समाथि रोमाञ्चक जित हात पारेको छ । १ सय ८५ रनको विजयी पछ्याएको राइजिङ पुनेले मात्र एक बल बाँकी छँदा लक्ष्य भेट्याएको हो । गएरातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेकोबेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जित दिलाउनु भएको हो । स्मिथले ५४ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा नटआउट ८४ रनको योगदान गर्नुभयो भने अजिन्का रहानेले ३ छक्का र ६ चौकाको मद्धतमा ३४ बलमा ६० रन जोड्नुभयो ।

टस हारेर ब्याटिङ पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
आईपीएल अन्तर्गत आज बेलुका गुजरात लाइन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।