म्यादी प्रहरीको जागिर खान फर्जी नागरिकता बनाउने युवा प्रहरी फन्दामा

0
384

रौतहट, २५ चैत्र । रौतहटका एक युवक म्यादी प्रहरीमा जागिर खान फर्जी नागरिकता बनाएको आरोपमा प्रहरी फन्दामा परेका छन् । गुजरा गाउँपालिका १ का २० वर्षीय महेश माझी किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी फन्दामा परेका हुन् ।

चैत १६ गते चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएको परिवारका महेश कक्षा ११ मा पढ्दै गरेका बताइएको छ । पढ्ने खर्च जुटाउन र र वृद्ध आमाको लालन पालनका लागि महेशलाई हम्मे–हम्मे परिरहेको छिमेकीले बताएका छन् ।