खाडी मुलुकमा जाने सवै घरेलु कामदार अवैधानिक

0
1762

काठमाडौं, २५ चैत्र । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउने निर्णय ती देशमा रहेका राजदूतावासको आग्रहमै गरिएको प्रष्ट्याएको छ । घरेलु कामदार सरोकार समाजले यो प्रतिबन्धले अबैध बाटोबाट पठाउनेहरुलाई बल पुग्ने भन्दै निर्णयको विरोध गरेको छ ।

२० गते बसेको समिति बैठकले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाउनुपर्ने निर्णय गरेको थियो । समितिले अहिले सम्म विदेश पठाउने दुई पक्षीय श्रम सम्झौता विपरीत कामदार पठाउने काम भइरहेको जिकिर गरेको छ । संसदीय समितिको निर्णयपछि सरकारले नेपालबाट खाडीमा घरेलु कामदार पठाउन रोक लगाइसकेको छ ।

समिति सभापति प्रभु साहसहितको आठ सदस्यीय टोलीले मार्च १८ देखि २८ सम्म खाडीका साउदी अरब, कतार, कुवेत र युएईको भ्रमण गरेपछि मात्रै घरेलु कामदार अवैधानिक रुपमा गइरहेका पत्तालागेको थियो । खाडीमा घरेलु कामदार पठाउन रोक्नुको खास कारण के हो ?