कीर्तिपुर नगरपालिकाको मेयरमा ७ जनाको दाबी,बाजी मार्ने कसरतमा प्रणयसिंह मुन्ना !

0
1207

चैत्र २५ गते काठमाण्डौ । १९ बर्ष पछि हुनलागेको स्थानिय निकायको निर्वाचनले राजनीतिक दलहरुको मात्रै ध्यान तानेको छैन मतदाताहरुलाई समेत उत्साहित बनाएको छ । तर राजनीतिक दलहरुले भने निर्वाचन आउन ३६ दिन बांकी रहंदा पनि उमेद्धार चयन गर्न सकेका छैन । आशन्न निर्वाचनमा उमेद्धारका आकांक्षीहरु धेरै भएका कारण ठूला दललाई समस्या परेको छ । काठमाण्डौको कीर्तिपुर नगरपालीको मेयरको उमेद्धारी चयन गर्न हम्मेहम्मे पर्ने देखिएको छ । नेपाली कांग्रेशको राम्रो पकड क्षेत्रको रुपमा रहेको राजधानीको एतिहासिक नगरी किर्तीपुर नगरपालिको मेयर छान्न उस्लाई कठिन पर्ने भएको हो ।

मेयरको एक पदका लागि नगर सभापति स्वंय कृष्णमान महर्जन सहित ७ जनाले योजना बनाएका छन् । जस्मा प्रणय सिंह मुन्ना, पुकार महर्जन,राजकुमार नकर्मी,बद्रिलाल महर्जन,राममान सिंह,र सृजना सिंहले पार्टीका नेताहरुसग लबिङ गर्ने देखि कार्यकर्ता परिचालन गर्ने सम्मका काम सुरु गरेका छन् । प्रस्तावित उमेद्धारहरुमा कृष्णमान डंगोल हाल नगर सभापति छन् भने,राजकुमार नकर्मी काठमाण्डौ जिल्ला कार्य समितीका सचिव छन् । दुबै आकांक्षीहरु रामचन्द्र पौडेल निकटका पात्र हुन । भने अर्का आकांक्षी प्रणय सिंह मुन्ना दुबैलाई माथ खुवाउंदै आधिकारकि उमेद्धार बन्ने रणनितीमा लागेका छन् । ५४ सालमा वडा अध्यक्षका उमेद्धार बनेका सिंह ११ औं महाधिबेशन प्रतिनिधी समेत भैसकेका छन् । त्रि बि मा लामो समय नेबिसंघको राजनीति गरेको अनुभव उनिसंग छ । उनि नेबिसंघ त्रि बि का पुर्व सभापति समेत हुन् । संबिधान सभा निर्वाचन सम्पन्न गराउंदै नेपाली कांग्रेसलाई क्षेत्र नं.१०मा बिजय गराउन महत्वपुर्ण भूमिका सिंहले खेलेका थिए । किर्तीपुरमा२०६३,६३ को जनआन्दोलन चर्काउन सिंहले नेतृत्वदायि भूमिका खेलेका थिए । यसकारण पनि पार्टीको आधिकारीक उमेद्धार बन्ने अवसर आफुले पाउनु भन्दै अन्य आकांक्षीहरुले आफुलाई सघाउन सिंहले आग्रह गरेका छन् ।
प्रस्तावित उमेद्धारहरुको नाम नगर समितीले आइतबार सम्ममा जिल्ला कार्य समितीमा पठाउने तयारी गरिरहेको छ । नगर समितीले सर्वसम्मत गराउने प्रयास गर्ने छ भने सहमती नभएमा आकांक्षिहरु सबैको नाम जिल्लामा पठाउने नगर समिती सभापति कृष्णमान महर्जनले सञ्चार खवरलाई बताएका छन् ।
बिद्यानतःनगर समितीको सिफारीसमा क्षेत्रिय कार्य समिती हूंदै जिल्ला कार्यसमितीले उमेद्धार चयन गर्ने भए पनि कितीपुर नगर समितीलाई भने खासै भूमिका दिइएको छैन । नगर समितीका सभापति कृष्णमान महर्जनका अनुसार मेयर पदमा उमेद्धार बन्न आकांक्षी भएकाहरुकोे नाम संकलन गर्ने कार्य गरेको भए पनि अन्य पदका उमेद्धारहरुको छनौट भने क्षेत्रिय कार्य समितीले नै प्रतिनिधी खटाएर गरिरहेको छ जुन कार्य प्रति उनि सहमत छैनन् ।