आजबाट स्वदेशीलघुवित्तको आइपीओ खुल्ला,यी स्थानबाट दिन सकिन्छ आवेदन

0
556

 

काठमाडौ २५ चैत्र ।ईटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले आज चैत २५ गतेबाट तीन लाख कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन खुला गरेको हो । लगानीकर्ताले आईपीओमा न्यूनतम ५० देखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आस्वा सदस्यको अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु, एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, र संस्थाको केन्द्रिय कार्यालय ईटहरीबाट साधारण सेयर चैत २९ गतेसम्म भर्न सकिनेछ ।

लघुवित्त कम्पनीले निष्काशन गर्न लागेको तीन लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारी तथा १५ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । लघुवित्तले बाँकी रहेको दुई लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणहरुलाई आजबाट आवेदन खुल्ला गरेको हो ।७ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनिले साधरण सेयर जारी गरेपछि कम्पनीको पूँजी दश करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा एक करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्दे आएको छ ।