नेपाल वायुसेवा निगमले २ वटा वाइडबडी जहाज किन्ने : अमेरिकन कम्पनीसँग खरिद सम्झौता

0
468

काठमाडौं, २५ चैत्र । नेपाल वायुसेवा निगम र अमेरिकन कम्पनी एएआरबीच दुईवटा वाइडबडीको खरिद सम्झौता भएको छ । पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो ।

काठमाडौंमा शुक्रबार गरिएको सम्झौताअनुसार दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने वायुसेवा निगमका महाप्रवन्धक सुगतररत्न कंशाकाकरले जानकारी दिए ।

शुक्रबार भएको सम्झौतामा महाप्रबन्धक कंसकार र एएआरका प्रमुख दिपक शर्माले हस्ताक्षर गरेका छन् । अमेरिकन कम्पनी एएआर कर्पोरेशनले नेतृत्व गरेको कन्सोर्टियम र नेपाल वायुसेवा निगमबीच शुक्रबार सम्झौता भएको हो ।

दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले जानकारी दिए । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गरेको यवश पहिलोपटक हो ।

गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।