अर्जुन पोख्रेललाई मन छ कसैलाई भटेर मनका कुरा भन्ने– को हो त्यो हेर्नुहोस् भिडियोमा

0
338

काठमाडौं, २५ चैत्र । संगीतकार अर्जुन पोख्रेल यतिबेला कसैको यादमा डुबेका छन् । कसैको यादमा चुर्लुम्म भएका पोख्रेल उसैलाई भेटि रहन चाहन्छन्, उसैसँग मनका कुरा खोल्न चाहन्छन् । उनले कसैप्रतिको यो अथाहा प्रेम गीत मार्फत ब्यक्त गरेको छन् । अर्जुनको यो भावमा आवाज भरेका छन् गायक भरत गुरुङ्ले । आफ्नै शब्द तथा संगीतमा उनले आफ्नो प्रेम ब्यक्त गरेका छन् । गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । चलचित्र र केहि एल्बमका काममा ब्यस्त रहेका संगीतकार अर्जुनको नयाँ गीतको कुरा हो यो ।

गीतको भिडियो समेत सार्वजनिक भएको छ । माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ दिएकी छिन् रिजाले । अर्जुन तिवारीको छायाँकन रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस् :