काठमाडौं, २५ चैत्र । फिल्म नोभेम्बेर रेनमा डल्लीको भूमिका निर्वाह गरेर धेरै दर्शकको मनमा बस्न सफल छुल्ठिम गुरुङ दोस्रो पटक डायरी मार्फत पर्दामा आउँदै छिन् । २०७४ सालको जेठ ५ गतेबाट दर्शक माझ आउन लागेको छुल्ठिमको डायरी भित्रको सानो हिस्सा फिल्मको ट्रेलर स्वरुप सार्वजनिक भएको छ । ट्रेलरमा दर्जनौं फिल्ममा नायिकाको भूमिका निर्वाहा गरेकी रेखा थापालाई खलपात्रका रुपमा प्रस्तुत गरिएको छ । अहिलेसम्मको फिल्मको चर्चा र ट्रेलरलाई हेर्ने हो भने रेखा छुल्ठिमको प्रेममा भिलेन बनेर देखिने छिन् ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको डायरीलाई अनिल योञ्जनले निर्देशन गरेका छन् । यो फिल्मबाट छुल्ठिम गुरुङ निर्मात्री समेत बनेकी छिन् ।
केहि बर्षको होमवर्कपछि यो फिल्मको यो फिल्मको निर्माणसँगै अभिनयमा आएको छुल्ठिमको भनाई छ । उनलाई फिल्म निर्माणमा अनिल योञ्जनले पनि साथ दिएका छन् । फिल्म छेतन गुरुङले लेखेका हुन् । ट्रेलरमा एक्सन, बदला र प्रेमको कथा छ ।