२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

एसईई दिने विद्यार्थीले सवारी नपाए महानगर प्रहरीले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं । समाजवादी मोर्चा र राजावादी समूहको प्रदर्शनको कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन न्यून गुडेका छन् । यसबाट एसईई परीक्षा दिने विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

विद्यार्थीहरूलाई सहज रूपमा परीक्षा केन्द्रसम्म पुर्‍याउन काठमाडौं महानगर प्रहरी बलले विशेष पहल गरेको छ । प्रहरीले आज एक सूचना जारी गर्दै गन्तव्यमा पुग्न समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।

सम्पर्क गर्न सकिने प्रहरी अधिकारीहरू 

बानेश्वर क्षेत्र : दिनेश कुमार अर्याल – ९८५१०६८०९६

रत्नपार्क क्षेत्र : मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६

नयाँ बसपार्क क्षेत्र : पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३

टेकु क्षेत्र : प्रकाश पण्डित – ९८५१०५६३४६

यसका साथै, हटलाइन नम्बर ०१५९०१७६४ वा ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सकिने महानगर प्रहरी बलले जानकारी दिएको छ । विद्यार्थीहरूको परीक्षालाई प्राथमिकता दिँदै प्रहरीले सुरक्षासहितको यातायात व्यवस्था गरेको हो । परीक्षार्थीहरूलाई कुनै कठिनाइ आएमा तुरुन्तै सम्बन्धित सम्पर्क नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।