प्रसूति सेवाको अभावमा सुत्केरी मृत्यु

0
332

पाँचथर, २७ चैत । सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीया पूर्णमाया लिम्बु रहेको प्रहरीले जनाएको छ ।

घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उहाँलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो ।

त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा उहाँको बाटोमै ज्यान गएको छिमेकी दीपक दुलालले जानकारी दिए ।