मकवानपुर, २७ चैत । मकवानपुरको मनहरी गाउँपालिका–८ ज्यामिरेमा ट्रक र जीप ठोक्किँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार राति भएको दुर्घटनामा परि ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । जीप चालक ३९ वर्षका नितेशकुमार र ३७ वर्षका सञ्जिवकुमार रहेको प्रहरीले जनाएको छ । अर्का एकजनाको सनाखत हुन बाँकी रहेको मकवानपुरका एसपी बसन्त लामाले बताउनुभयो ।
उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ । अर्का गम्भीर घाइतेको परिचय खुलेको छैन । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
हेटौंडाबाट चितवनका लागि छुटेको बी आर ०७ डी ५६२५ नम्बरको भारतीय जीप र चितवनबाट हेटौंडाका लागि छुटेको ना ६ ख ६५६१ नंबरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।