सार्वजनिक लेखा समितिको बैठक आज

0
939

काठमाडौं, २७ चैत्र । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठक आइतबार बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको स्वामित्व खरिदबापतको करका विषयमा समितिलाई जानकारी गराए ।

सरकारले एनसेल खरिदबापतको कर मिनाहा गर्ने तयारी गरिरहेकोबारे यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग छलफल गरेको समितिले प्रधानमन्त्रीसँगै थप जानकारी माग्ने निर्णय गरी आइतबारको बैठकमा बोलाएको हो ।

शुक्रबारको बैठकमा उपप्रधानमन्त्री महराले एनसेलको करबारे मन्त्रीपरिषदमा प्रस्तुत भएको मौखिक प्रस्ताव आफ्नो नभएर प्रधानमन्त्री दाहालको भएको बताउनुभएको थियो ।