कर उठाउने विषयमा कसैसँग सम्झौता हुँदैन : प्रधानमन्त्री प्रचण्ड

0
463

काठमाडौँ २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्जियटालाई एनसेल बिक्री गरेको टेलियासोनेराले लाभकर नतिरी कसरी हिँड्न पायो भन्ने विषयमा छानविन गर्ने बताएका छन् । विगतमा सरकारी कर्मचारीको कमजोरीका कारण टेलियासोनेरा कर नतिरी हिँडेको उनको भनाई छ ।

आइतबार लेखासमितिको वैठकमा बोल्दै प्रचण्डले.बिक्रेताबाटै कर उठाउने विषयमा क्याबिनेटमा छलफल भएको उल्लेख गरे । उनले भने, ‘देशको कानुनबमोजिम बिक्रेताले नै लाभकर तिर्नुपर्ने भएकाले टेलियासोनेराबाट लाभकर उठाउने छलफल चलाएको हुँ ।’ संसद्को सार्वजनिक लेखा समिति बैठकमा जवाफ दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कर उठाउने विषयमा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

एनसेलको बिक्री र कर असूलीका विषयमा संसद्को सार्वजनिक लेखा समिति बैठकमा पुगेका उनले भने ‘कर उठाउने विषयमा कसैसँग कुनै सम्झौता हुनै सक्दैन,’ र ‘कर उठाउने कुरामा सरकार लागिपरेको छ ।’

सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने एनसेल खरिद बिक्रीमा कर तिर्नु नपर्ने भन्दै आएको अफवा र सरकारले कुनै निर्णय नगरेको समेत प्रष्ट पारेका छन् ।

प्रधानमन्त्रीले समितिमा जवाफ दिए लगतै लेखा समतिको आइतबारको बैठकले सरकारलाई एनसेलसँग लिनु पर्ने सम्पूर्ण कर तीन महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।