सुनसरीमा आगलागी, ११ परिवार विस्थापित

0
549

सुनसरी, २८ चैत्र । सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गएराति भएको आगलागीमा केहि चौपाय तथा घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गएराति नै सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाईएको छ । आगलागी पिडित ११ परिवार गएराति आफन्तको बसेका थिए । अहिले भने उनीहरु रेडक्रसले दिएको टेन्टमा बसेका छन् ।