इजिप्टमा तीन महिनाने संकटकाल घोषणा

0
428

एजेन्सी, २८ चैत्र । इजिप्टमा तीन महिनाका लागि संकटकाल घोषणा गरिएको छ । हिजो ४५ जनाको ज्यान जाने गरी चर्च भएको हमलापछि राष्ट्रपति अब्दुल फतेह अल सीसीले तीन महिनाका लागि संकटकाल घोषणा गर्नु भएको हो । इजिप्टको दुई कप्टिक चर्चमा हिजो इस्लामिक स्टेट (आईएस)ले गरेको हमलामा ४५ जना मारिएका थिए । राष्ट्रपति सीसीले संकटकाल घोषणा गर्दै सेना परिचालन गर्ने घोषणा गर्नु भएको छ ।  आईएसले यसअघि पनि इजिप्टमा क्रिश्चियन धर्मावलम्बीहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

हिजो एलेक्जेन्ड्रियास्थित सेन्ट मार्क कप्टिक चर्चको बाहिर गराइएको विस्फोटमा परी १६ जनाको मृत्यु भएको थियो । उक्त चर्चका प्रमुख पोप टावाड्रोस टु पनि सोही धार्मिक समारोहमा सहभागी भएको र उहाँ सुरक्षित रहेको इजिप्टको सरकारी मिडियाले जनाएको छ ।

त्यसअघि नील डेल्टाको तान्ता शहरस्थित सेन्ट जर्ज कप्टिक चर्चमा विस्फोट गराइएको थियो । त्यो विस्फोटमा परी २९ जना मारिएको अधिकारी मारिएका थिए । दुवै आक्रमणको जिम्मेवारी आईएसले नै लिएको छ । इजिप्ट इण्डिपेन्डेन्ट वेबसाइटको लेखेको समाचारअनुसार एक प्रहरी अधिकारीले आत्मघाती हमलाकारीलाई डिभाइसको चर्च भित्र विस्फोट गर्न खोज्ने ब्यक्तिलाई रोक्न खोज्दा ती अधिकारीलाई पनि मारिएको थियो ।

पहिलो विस्फोट इजिप्टको राजधानी काहिराबाट ९४ किलोमिटर उत्तर तान्तामा भएको थियो । गएको वर्ष डिसेम्बरमा पनि काहिराको एक कप्टिक कथिडल चर्चमा भएको विस्फोटमा २९ जना मारिएका थिए । आईएसले सन् २०१३ देखि इजिप्टमा आफ्नो गतिविधि बढाउँदै लगेको छ । त्यहाँ जननिर्वाचित सरकारलाई सेनाले अपदस्थ गरी इस्लामिक विद्रोहीविरुद्ध कारबाही थालेपछि आईएसको आक्रमणका बढेको हो ।