आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको रोमाञ्चक जीत

0
446

काठमाडौं, २८ चैत्र । भारतमा जारी रहेको आइपीएल टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ । गए राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै जितको खाता खोलेको हो । पहिलो खेलमा पराजित भएको मुम्बईले दोस्रो खेलमा कोलकातालाई १७९ रनको चुनौती पछ्याउने क्रममा १ बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

अर्को खेलमा सनराइजर्स हैदरावादले गुजरात लायन्सलाई ९ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ३६ रनको चुनौती हैदरावादले २७ बल बाँकी छँदै १ विकेट मात्र गुमाएर पार ग¥उयो । हैदराबादले लगातार २ खेल जितको छ, भने गुजरातले २ वटै खेल हारेको छ । आइपीएलमा आज एउटामात्र खेल हुनेछ । राति सवा ८ बजेपछि पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ ।