मार्चाका नेता बालुवाटार नै नपुगी बालुवाटार बैठक रद्द

0
673

काठमाडौं, २८ चैत्र । । मधेसी मोर्चासँग संविधान संशोधनबारे छलफल गर्न सोमबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक रद्द भएको छ । मोर्चाका शीर्ष नेताहरु बालुवाटार जाने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सचिवालयले बैठक रद्द भएको सूचना दिएको हो ।

‘हामीलाई प्रधानमन्त्रीज्युले सोमबार बिहान १० बजे बालुवाटारमा बैठक बस्न आउनुहोला भन्नुभएको थियो’ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘तर, अकस्मात बैठक क्यान्सिल भएको सूचना आयो ।’ बैठक बोलाएर रद्द हुनुको कारणबारे आफूलाई जानकारी नभएको महतोको भनाई छ ।