महिला फिल्म फेस्टिवल सुरु

0
487

काठमाडौं, २८ चैत्र । काठमाडौंमा आइवार्ड वुमन फिल्म फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड प्रदर्शनी मार्गमा भइरहेको फेस्टिवलमा ६ देशका १० फिल्म प्रदर्शन भइरहेको छ ।

महिलाले निर्देशन गरेका फिल्मको फेस्टिवल बेलुका ५ बजेसम्म चल्नेछ । फेस्टिबलमा नेपालसहित भारत, चीन, बंगलादेश, जापान र क्यामरुनका महिलाले निर्देशन गरेको फिल्म प्रदर्शन गरिएको हो ।

मूलधारामा महिला फिल्म निर्माता भन्ने नारासहित नेपालमा पहिलो पटक यो फिल्म फेस्टिवल भएको हो । फिल्ममा पत्रकारिता गर्दा महिलाले पाएका समस्या र चुनौतीलाई देखाउन खोजिएको छ ।