काठमााडौं, २९ चैत्र । खोटाङमा दुई दिनदेखि विद्युत अवरुद्ध भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइन अन्तर्गत उदयपुरको साउनेमा विद्युतको तार चुँडिएपछि आइतबारदेखि विद्युत अवरुद्ध भएको हो ।
विद्युत अवरुद्ध हुँदा जिल्लाका ४० भन्दा धेरै गाउँ अन्धकार बनेका छन् । हावाहुरीले विद्युतको तार चुँडाएको हुन सक्ने नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलले जनाएको छ ।
विद्युत अभावमा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको छ । अवरुद्ध विद्युत नियमित गराउनका लागि प्राविधिक टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।