काठमाडौं, २९ चैत्र । गुण्डा नाइके दावा लामामाथि काठमाडौंको गौरीघाटमा गोली प्रहार भएको छ । दिव्या पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न जाने क्रममा लामामाथि क्लब बाहिर गोली प्रहार भएको हो ।
गोली लागेका लामाको जोरपाटीमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई पैदल आएका एक व्यक्तिले चार राउण्ड गोली हानेर भागेका थिए ।
लामा गुण्डा समूह काभ्रेली दावा समूहका नाइके भएको प्रहरीले जनाएको छ । उनी पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न दैनिक जाने गरेका थिए । गोली कसले चलायो र किन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दावा लामालाई काठमाडौंको दोस्रो श्रेणीको गुण्डाको सूचिमा राखेको थियो । उनी जुवा खेलाउने, हप्ता असुल्ने र ठेक्कापट्टाको काममा संलग्न रहँदै आएका थिए ।