आइजीपीको फुली लगाएको भोलिपल्ट अर्याललाई प्रधानमन्त्रीको यस्तो निर्देशन

0
625

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी प्रमुख अर्यालले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिएका छन् ।