को बन्दै छ कांग्रेसको तर्फबाट कीर्तीपुरको मेयर ?

0
647

चैत्र २८ गते काठमाण्डौ । १९ बर्ष पछि हुनलागेको स्थानिय निकायको निर्वाचनका लागि किर्तीपुर नगरपालीको मेयर र उप मेयरमा उमेद्धार बन्न इच्छुकहरुको लाम लागेको छ । आकांक्षीहरु धेरै भएका कारण नेपाली कांग्रेसको राम्रो पकड क्षेत्रको रुपमा रहेको राजधानीको एतिहासिक नगरी किर्तीपुर नगरपालिको मेयर र उपमेयर छान्न नगर समितीलार्ई हम्मेहम्मे परेको छ । मेयरको एक पदका लागि नगर समिती सभापति स्वंय कृष्णमान महर्जन सहित ७ जनाले इच्छा देखाएका छन् । जस्मा प्रणय सिंह मुन्ना, पुकार महर्जन,राजकुमार नकर्मी,बद्रिलाल महर्जन,राममान सिंह,र सृजना सिंहले पार्टीका नेताहरुसग लबिङ गर्ने देखि कार्यकर्ता परिचालन गर्ने सम्मका काम सुरु गरेका छन् ।
उपमेयरमा पनि ३ जनाले इच्छा देखाएका छन् । जस्मा अन्कम कर्माचार्य,यमुना श्रेष्ठ र संगिता बोगटिले पुर्व तयारी सुरु गरेका छन् । एक पदका लागि आकांक्षी धेरै हूदा सिफारीस गर्न नगर समितीलाई अप्ठ्यारो परेको छ । सर्वसम्मतिका आधारमा नाम सिफरीस गर्न नगर समितीले तयारी गरेको भए पनि सहमती जुट्न नसक्दा क्षेत्रिय कार्यसमितीमा सिफारीस गर्न ढिलाई भएको छ । समितीले सोमबार गरेको छलफल कार्यक्रममा आकांक्षीहरुले आ आफ्नै तर्क राखे पछि कितीपुर नगरपालीकाको मेयर र उपमेर छनौट गर्न क्षेत्रीय र जिल्ला कार्यसमीतिले बलियो कसरत गर्नु पर्ने देखिएको छ । मेयरका प्रस्तावित उमेद्धारहरुमा कृष्णमान डंगोल हाल नगर सभापति छन् भने,राजकुमार नकर्मी काठमाण्डौ जिल्ला कार्य समितीका सचिव छन् उनि बिगतमा समानुपातिक सभासद्को उमेद्धार भैसकेका कारणले गर्दा उनलाई मेयरको उमेद्धार बनाउने सम्भावना न्युन रहेको छ ।

दुबै आकांक्षीहरु रामचन्द्र पौडेल निकटका पात्र हुन । भने अर्का आकांक्षी प्रणय सिंह मुन्ना दुबैलाई माथ खुवाउंदै आधिकारीक उमेद्धार बन्ने रणनितीमा लागेका छन् । ५४ सालमा वडा अध्यक्षका उमेद्धार बनेका सिंह ११ औं महाधिबेशन प्रतिनिधी समेत भैसकेका छन् । त्रि बि मा लामो समय नेबिसंघको राजनीति गरेको अनुभव उनिसंग छ । उनि नेबिसंघ त्रि बि का पुर्व सभापति समेत हुन् । संबिधान सभा निर्वाचन सम्पन्न गराउंदै नेपाली कांग्रेसलाई क्षेत्र नं.१०मा बिजय गराउन महत्वपुर्ण भूमिका सिंहले खेलेका थिए । किर्तीपुरमा२०६२,६३ को जनआन्दोलन चर्काउन सिंहले नेतृत्वदायि भूमिका खेलेका थिए । यसकारण पनि पार्टीको आधिकारीक उमेद्धार बन्ने अवसर आफुले पाउनु पर्ने भन्दै अन्य आकांक्षीहरुले आफुलाई सघाउन सिंहले आग्रह गरेका छन् ।
प्रस्तावित उमेद्धारहरुको नाम नगर समितीले आइतबार सम्ममा जिल्ला कार्य समितीमा पठाउने भने पनि सहमती हुन नसक्दा बुधबार सम्ममा सिफरीस गर्ने तयारी गरेको नगर समिती सभापति कृष्णमान महर्जनले सञ्चार खवरलाई बताएका छन् । नगरपालिकाको १० वडाको वडा अध्यक्षमा उमेद्धार बन्न इच्छुक भएकाहरुको नामावली भने जिल्लामा पठाइएको छ । जस्मा वडा नं.७ भाजङगलमा भने सर्वसम्मतिमा दिवाकर अधिकारी उमेद्धार बनेका छन् ।